• २०८३ बैशाख १० गते बिहिवार

एमाले स्थायी कमिटी बैठक साँझ ५ बजे बालुवाटरमा बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १६, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक साँझ ५ बजे बालुवाटारमा बस्न लागेको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी लगायत समसामायिक विषयबस्तुका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि एमालेले एमाले नेता माधवकुमार नेपाल पक्षका ११ जना सदस्यलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरेको थियो भने थप १२ जनालाई स्पष्टीकरण सोधेको थियो । यही अवस्थामा पार्टीको आन्तरिक छलफल तथा समसामयिक विषयमा स्थायी कमिटी बैठकमा छलफल गरिने तामाङले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस