• २०८३ कार्तिक १४ गते शुक्रवार

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको उनको भनाइ छ।

सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिँदै उनले यस्तो बताएका हुन्।

उनले लेखेका छन्, ‘पक्राउ परेका सबै पत्रकारहरु रिहा भएका छन्।

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस