मंसिर ८, काठमाडौं । चोरीमा सम्लग्न १५ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसरले आज पत्रकार सम्मेलन गर्दै काठमाडौँ जिल्लामा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका १५ जनालाई सार्वजनिक गरेको हो ।

कात्तिक २८ गते काठमाडौँ महानगरपालिका, ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा चोरी गरी भागेका १० जनालाई प्रहरीले पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनीहरुरूलाई प्रहरीले कात्तिक ३० गते दोलखा र उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए ।
काठमाडौं महानगरपालिका, १८ नरदेवीस्थित एक सुन पसलबाट सुनका गहना लुटेर भाग्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । कात्तिक २९ गते गहना लुटेर भाग्ने उनीहरूलाई प्रहरीले मंसिर ७ गते पक्राउ गरेको हो ।