• २०८३ असार १० गते बुधवार

२२ जिल्लामा संक्रमण दर डरलाग्दोः स्वास्थ्य मन्त्रालय (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जिल्लामा कोरोना भाइरस संक्रमण डरलाग्दो गरी फैलिएको बताएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण दर डरलाग्दो गरी बढेको हो ।

ती जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने अवस्था रहेको मन्त्रालये जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गर्नुभएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तीमा कुनै पनि मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरु पूर्णरुपमा नगर्न र नगराउन आग्रह गरिएको छ ।

स्वास्थ्य मन्त्रालय भन्छ- अस्पतालमा शय्या उपलब्ध गराउन सकिन्‍न- समाचार - कान्तिपुर समाचार

Sharing

प्रतिक्रिया दिनुहोस