• २०८३ बैशाख ९ गते बुधवार

गंगादेव गाउँपालिकामा एकै दिन ४२ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७, रोल्पा । गंगादेव गाउँपालिकामा एकैदिन ४२ जनालाई आज कोरोना पोजिटिभ देखिएको छ । एकै पटक गरिएको परीक्षणमा धेरै संख्यामा कोरोना सङ्क्रमित पुष्टि भएको यो जिल्लामा पहिलो पटक हो ।

गाउँपालिकाबाट ४३ जनाको स्वाब सङ्कलन गरी भैरहवा पठाइएकोमा पीसीआर जाँच गर्दा शुक्रबार ४२ जनालाई पोजिटिभ देखिएको हो । पोजिटिभ हुनेहरुमा गाउँपालिकाका कर्मचारी, केही जनप्रतिनिधि र पालिका अवस्थित स्थानीय रहेको गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले बताउनुभयो । गाउँपालिकाको लेखा अधिकृत र एक स्थानीय टेलरलाई कोरोना देखिएको थियो । सुरुमा कोरोना पोजिटिभ देखिएकाको कन्ट्याक्टमा रहेका गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ४३ जनाको स्वाब सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष, ३ नं. वडाअध्यक्ष, विभिन्न विषयगत शाखाका कर्मचारी र स्थानीयको स्वाब परीक्षण गरिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाको कार्यालय र २ नं. वडा कार्यालय वैशाख १२ गतेदेखि नै सिल गरिएको थियो । स्वाब परीक्षणबाट सबै जसोलाई पोजेटिभ देखिएपछि गाउँमा त्रास फैलिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस