बैशाख १७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ३९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा कोरोनाभाइरसका पाँच हजार ६५७ जना सङ्क्रमित थपिएका छन् । कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या तीन लाख २३ हजार १८७ पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९२८ जना सङ्क्रमित निको भएका छन । हालसम्म दुई लाख ८१ हजार ९५ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा रिर्पोट प्राप्त भएको मृत्यु सङ्ख्या ३३ रहेको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा तीन हजार २७९ जनाको मृत्यु भएको छ ।