• २०८३ बैशाख ४ गते शुक्रवार

थप १६७ कोरोना सङ्क्रमित थपिए, दुईको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा कोरोनाभाइरसका १६७ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११५ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको र कोरोनाकै कारणले चौबीस घण्टामा तीन जनाको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ३० जनाको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस