• २०८३ असोज ३ गते शनिवार

बर्दियामा फेरि बाघको आक्रमणबाट एकजना घाइते बर्दिया निकुञ्ज बेखबर ?

महेन्द्र सिंह/सर्मिला बोगटी पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका वार्ड नं १ जनकनगर बस्ने २३ वर्षीय तुलाराम थारुलाई बाघले आक्रमण गरि घाइते बनाएको छ । पटक पटक मान्छे मार्दा मान्छेलाई आक्रमण गर्दा समेत नियन्त्रण गर्न नसकेको बर्दिया राष्ट्रिय निकुञ्ज भने बेखबर भएको स्थानीय बासी राधा चोधरीले बताइन् ।

सोमबार बिहान करिब ५ः३० बजेको समयमा खेतमा पानी चार्न गएको बेला बाघले आक्रमण गरेको हो। घाइते थारुको टाउको, घाँटी र पिठ्युँमा चोट लागेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए।

घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ भने यस क्षेत्रमा पाटेबाघले दिनहुँ जस्तो चौपाया बस्तुभाउ मार्ने गरेको छ । बर्दियामा पाटेबाघको आक्रमणमा परी १० जनाले ज्यान गुमाइसकेका छन्।

खाता जैविक मार्ग र राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा सतर्क र सजक रहन डिभिजन वन कार्यालय बर्दिया र बर्दिया राष्ट्रिय निकुञ्जले अनुरोध गर्दै आइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस