• २०८३ बैशाख ६ गते आइतवार

एन्टिजेन पोजेटिभ आएका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३,काठमाडौं । स्वास्थ्य सेवा विभागले विमानस्थल र नाकामा एन्टिजेन परीक्षण पोजिटिभ आएका नमुनाको जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएको छ ।

विभागले आज सूचना जारी गर्दै पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भइरहेको भन्दै एन्टिजेन परीक्षणमा पोजिटिभ आएका नमुना संकलन गरी जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन सीमानाकाका हेल्थ डेस्कहरूलाई निर्देशन दिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस