कात्तिक १२,काठमाडौं । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ भने ५ सय ६९ जना कोरोनामुक्त भएका छन ।

यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९० हजार ३५८ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३८८ पुगेको छ ।