• २०८३ बैशाख २१ गते सोमवार

 सार्वजनिक रुपमा शीर छेदनको सजाय पाएका युवक जेलमुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२,एजेन्सी । साउदी अरबमा मृत्युदण्डको सजाय पाउने एक युवकलाई जेलबाट रिहा गरिएको छ । अली अल–निम्न नामका यी युवकलाई केही वर्ष अघि साउदी अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । सरकार विरोधी प्रदर्शनका बेला जब सन् २०१२ मा उनी हिरासतमा गएका थिए तब उनको उमेर १७ वर्ष थियो ।

यो विरोध प्रदर्शन साउदी अरबको शिया अल्पसंख्यकले गरेका थिए । अली अल–निम्नलाई साउदी अदालतले सार्वजनिक रुपमा शीर छेदन गर्न सजाय सुनाएको थियो । साउदी अदालतको यो निर्णयविरुद्ध संसारभरी आवाज उठ्यो । अली अल–निम्न शिया नेता शेख बाकिर अल–निम्नका भतिजा हुन् जसले राष्ट्रिय एकतामा आँच पुर्याएको भन्दै सन् २०१६ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

अली अल–निम्न आफ्नो गिरफ्तारीपछि लगभग १० वर्षदेखि जेलमा थिए । साउदी अरब संसारका ती देशमध्ये एक हो जहाँ सबैभन्दा बढी मृत्युदण्डको सजाय सुनाइने गरिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस