• २०८३ जेष्ठ ३ गते आइतवार

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४, काठमाडौं । गोकर्णेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जना पक्राउ गरेको छ । गोकर्णेश्‍वर नगरपालिका-६ नारायणटार डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-४ घर भएका २७ वर्षीय ओम तामाङको कोठाबाट तास खेलिरहेको अवस्थामा तामाङ लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५९ हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस