• २०८३ बैशाख १० गते बिहिवार

नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, काठमाडौँ। नेकपा एमाले आज साँझ स्थायी कमिटी बैठक बोलाएको छ । दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक भोलि बालुवाटारमा बस्दै छ । भोलिको बैठकको तयारीबारे छलफल गर्न बेलुकी ५ बजे स्थायी कमिटी बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेमा अब महाधिवेशन कमिटी नरहने भएको छ । बुधबार बालुवाटारमा बस्ने महाधिवेशन आयोजक कमिटीले बिहीबार नै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी रहेको स्रोतको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस