• २०८३ बैशाख ३१ गते बिहिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, रुपन्देही । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका(५ नयाँबस्ती बस्ने पाल्पा तानसेन नगरपालिका-७ वतन भएका ३० वर्षीय छविलाल चौहान मगरलाई बुधबार बिहान पक्राउ गरेको हो ।

छविलालले ती किशोरीलाई सोमबार बेलुका आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस