• २०८३ बैशाख ४ गते शुक्रवार

थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६०८० जना निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ। मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो । पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार १६३ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस