बैशाख १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा भन्ने समाचार तथ्यहीन भएको प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले बताउनुभएको छ । कतिपय सञ्चार माध्यमहरु यसखाले समाचार नियोजित र भ्रमपूर्णरुपमा सम्प्रेषण हुनु खेदनजक रहेको उहाँले बताउनुभएको हो।
थापाले प्रमाणित नै नगरी यस्तो दुष्प्रचारमा संलग्न नहुन सम्बन्धित सबैको ध्यानाकार्षण गराएको जनाउनु भएको छ । थापाले सामाजिक सञ्जालमा लेखेका छन । “मिडियाको भ्रम प्रचार- कतिपय सञ्चारमाध्यमले नियोजित रूपमा प्रधानमन्त्री आइसोलेसनमा भनी तथ्यहीन सम्प्रेषण गरेर भ्रम फैलाउनु खेदजनक छ। भेरिफाई नै नगरी यस्तो दुष्प्रचारमा संलग्न नहुन सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छु। मिडियाको आवरणमा यसरी गलत कार्य गर्नु सर्वथा गलत हो।”
