• २०८३ बैशाख १९ गते शनिवार

नवलपरासीका सरकारी विद्यालयहरुले मानेन मन्त्रालयको आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत १६, नवलपरासी । विभिन्न जिल्लामा केही दिनदेखि जारी वायु प्रदूषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरे सगै नवलपरासीका विधालयले सुचना निकाल्दै विदा नरहने जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेतापनि नवलपरासीका सरकारी विद्यालयहरु आफै मन्त्रालय बन खोजेको छन् भने यसबाट पर्ने असरले गर्दा बालबालिकाको जिम्मेवार कसले लिने हो भने अविभावकवाट प्रश्न आएको छ ।

बिद्यालयहरुले यस्तो सुचना निकालेको छन्

त्यस्तै शिक्षा मन्त्रालयमा सोमबार बसेले चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गरिने छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिएका छन् । केही दिनदेखि तुवाँलोको कारण काठमाडौँ लगायतका स्थानमा वायु प्रदुषण बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ ।

जनस्वास्थ्यका लागि हानिकारक हुने भएकाले केही दिन स्कुल–कलेज बन्द गरेर विद्यार्थीहरुको स्वास्थलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । देशभर विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म करिब ७० लाख भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयबाट जारी सुचना

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस