• २०८३ बैशाख १८ गते शुक्रवार

चीनले दिएको कोरोना भ्याक्सिन आज काठमाडौं आउँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । छिमेकी मुलुक चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरस विरूद्धको भ्याक्सिन सोमबार आइपुग्ने भएको छ। सरकारको निर्णयअनुसार कोभिड(१९ को भ्याक्सिन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी ३३० जहाज आइतबार साँझ चीन गएको हो।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो। जहाजले सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ। जहाज राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

सरकारी निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयका आधारमा नेपालीका लागि अत्यावश्यक एवं महत्वपूर्ण कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज प्रयोग गरिने निगमको निर्णय भएको र सोहीअनुरुप आन्तरिक तयारी पूरा भएको निगमले उल्लेख गरेको छ। निगमको ए ३३० जहाज काठमाडौँ–बेजिङ–काठमाडौँ उडान कूल ब्लक १२ घन्टा पाँच मिनेट रहनेछ। निगमले कोभिडविरुद्धको खोप लिन पहिलो पटक उडान गर्न लागेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस