माघ १६,काठमाडौँ । थप १ सय ५७ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार २२ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ३ सय ३३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या २ हजार २५ जना पुगेको छ ।