• २०८३ जेष्ठ ३० गते शनिवार

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ७ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौँ । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ । गत २४ घण्टाको भारतमा १८ हजार ८५५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख २० हजार ४८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार १० जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख ९४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ७१ हजार ६८६ सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा  शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८३५ को मृत्यु भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस