• २०८३ बैशाख ६ गते आइतवार

नेकपा (जनवादी) एकीकृत समाजवादीमा समाहित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (जनवादी) नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको छ । आज काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीमा नेपाल कम्युनिस्ट पार्टी (जनवादी) समाहित भएको हो ।

एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एकीकृत समाजवादी) सँग माओवादीबाट अलग्गिएर बनेकाे देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) ले मंगलबार एकता घोषणा गरेका हुन्। तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गरेका थिए । राष्ट्रिय सभा गृहमा पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिति रहेकाे थियो।

Sharing

प्रतिक्रिया दिनुहोस