• २०८३ जेष्ठ १ गते शुक्रवार

सरोकारवाला द्धारा मालिकाको योजनामा तिव्र अनुगमन

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, मुगु । मुगुको सोरु गाउँपालिकामा मालिका सामुदायिक विकास केन्द्रले विनियोजित योजनाहरुमा तिव्र अनुगमन थालेको छ । किसानहरुले पाखो बारीमा लगाएका दाँते ओखर , टिमुर लगायत अन्य योजनाहरुको तिव्र रुपमा अनुगमन गरेका हुन । किसानहरुले गरेका काम उपलब्धिहरुको हेक्का राख्न मालिकाले अनुगमन गरेको हो ।

किसानहरुले आर्यआर्जनको लागि विभिन्न प्रकारका ओखर लगायत अन्य विरुवा रोपेका हुन । विभिन्न सहयोगी दाता र हिमाली ग्रामीण क्षेत्रमा दिगो जीविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजनाअन्तर्गत सोरु गाउँपालिका वडा नम्बर १, २ र ४ का किसानले गरेका काम लागि गाउपालिकाका प्रतिनिधि मालिकाका कर्मचारी लगायत अन्य सरोकारवाला निकायको रोहवरमा कार्यक्षेत्र स्थानहरुमा स्थलगत रुपमा अनुगमन गरेको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक निरु कुमारी शाहीले बताईन ।


उनका अनुसार सोरुका किसानलाई व्यावसायिक र कृषि क्षेत्रबाट आम्दानी लिन सक्ने बनाउन विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको हो । जिल्लाको अन्य स्थानीय तहभन्दा सोरु क्षेत्रमा यस्ता बिरुवाको उत्पादन तथा खेती हुने भएकाले किसानलाई वितरण गरिएको हो । तीन सहकारी र तीन वटा कृषि सहकारीलाई पनि बिरुवा वितरण गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस