• २०८३ बैशाख १६ गते बुधवार

समानुपातिक विज्ञापनका लागि सहजीकरण गरिदिन माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष १३, बागमती । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले जिल्लामा सञ्चालित सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापनका लागि सहजीकरण गरिदिन उद्योग सङघ तथा उद्योग वाणिज्य सङ्घसँग आग्रह गरेको छ ।

महासङ्घका जिल्ला अध्यक्ष मणिराज गौतमको नेतृत्वको टोलीले दुवै संस्थाका पदाधिकरीसँग आज छलफल गरी सो आग्रहसमेत गरेको हो । छलफलमा उहाँले हेटाँैडामा रहेका राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योगले स्थानीयस्तरमा नै सञ्चालनमा रहेका सञ्चार संस्थालाई बेवास्था गरी ठूला सञ्चार गृहलाई मात्र विज्ञापन उपलब्ध गराउँदै आएकामा अब समानुपातिक ढङ्गबाट विज्ञापन वितरण गरिनुपर्ने धारणा राख्नुभयो । साथै उहाँले उद्योगको प्रवद्र्धन तथा प्रचारप्रसारको क्षेत्रमा स्थानीय सञ्चार माध्यमले पु¥याएको भूमिकालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उद्योग सङघ अध्यक्ष लेखराज पोखरेलले उद्योग पनि मिडियामैत्री हुन् चाहेको जनाउँदै यसमा स्थानीय सञ्चार माध्यमलाई सहयोग गर्ने बताउनुभयो ।

सो सङ्घका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेलले नकारात्मक समाचारको मात्रै चर्चापरिचर्चा भइरहँदा त्यसको मझौला उद्योलाई पनि प्रभाव पारिरहेको उल्लेख गर्दै औद्यौगिक क्षेत्रभित्रका सकारात्मक समाचारलाई धेरै भन्दा धेरै प्राथमिकता सञ्चारमध्यमले दिनुपर्ने आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले केही समयदेखि सञ्चार माध्यम र सङघबीच सञ्चार मैत्रीवातावरणमा कमी देखिएको जनाउँदै पछिल्लो समय अनलाईन सञ्चारमाध्यम धेरै भएकाले विज्ञापन वितरणमा समस्या भएको बताउनुभयो । छलफलमा उक्त सङ्घका वरिष्ठ उपाध्यक्ष उज्जवल चौलागार्इं र महासचिव दिपक उपे्रती र महासङ्घ उपाध्यक्ष ध्रुव अधिकारी, उपाध्यक्ष सरला अधिकारीलगायतको सहभागिता थियो ।

जिरी नगरपालिकामा दर्ता भएका १६९ मध्ये १०६ मिलापत्र भएका छन् । १४ अदालत पठाइएको छ भने बाँकी ४९ प्रक्रियामा छन् । त्यसैगरी शैलुङ गाउँपालिकामा दर्ता भएका १२७ मध्ये एउटा जिल्ला अदालत पठाइएको छ । १२६ मुद्दाको मिलापत्र भएको छ । कालीञ्चोक गाउँपालिकामा दर्ता भएको १०३ मध्ये ९८ मिलापत्र भएका छन् । पाँच प्रक्रियामा छ । विगु गाउँपालिकामा ४३ मध्ये ३३ मिलापत्र भएका छन् । तीन अदालतमा पठाएका छन् भने बाँकी सात प्रक्रियामा छ । सबैभन्दा बढी मुद्दा भीमेश्वर नगरपालिका र कम विगु गाउँपालिकामा दर्ता भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस