• २०८३ भाद्र ८ गते सोमवार

१५८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख २० हजार ८ सय ७८

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ सय ५८ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २० हजार ८ सय ७८ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ६६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ४२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख २३ सय ८९ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय २३ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस