मंसिर १२, कञ्चनपुर । पुनर्वास नगरपालिका–६, मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीनजनालाई पक्राउ परेको छ ।
से४प ३३००८ नम्बरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका कैलाली उपमहानरपालिका–१, एलएनचोक बस्ने २० वर्षीय रोहित पार्की र सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–१०, मालाखेती बस्ने २१ वर्षीय आशिष भाट तथा ओलानी बस्ने २१ वर्षीय नीरज बडैलालाई नेट्राभेट–१० नामक लागुऔषध ३० ट्याबलेटसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए ।