• २०८३ बैशाख १७ गते बिहिवार

बस दुर्घटना हुँदा ५ को मृत्यु, २५ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, बाँके। जाजारकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु भएको छ भने २५ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यलय जाजरकोटका अनुसार आज बिहान बाँकेको नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको हो ।

मृत्यु हुने यात्रुहरुको पहिचान हुन भने सकेको छैन । बसमा जम्मा ३२ यात्रु रहेको खुलेको छ । दुर्घटनामा परेर २५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस