• २०८३ जेष्ठ १६ गते शनिवार

विश्वकप छनोट खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ११ काठमाडौं ।  आइसीसी महिला टी-२० विश्वकपको एसियाली छनोटका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।​

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप छनोटका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक जगत टमटाले बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट विश्वकप छनोट खेल्ने टोलीको घोषणा गरेकाे क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

नेपाली महिला टोलीमा रुबिना क्षेत्री (कप्तान), डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई छन्।

सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिक खेलाडीमा राखिएको छ।

 

Sharing

प्रतिक्रिया दिनुहोस