• २०८३ बैशाख ९ गते बुधवार

श्रोत नखुलेको ६ लाख रुपैयाँ सहित १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, पर्सा । प्रहरीले श्रोत नखुलेको ६ लाख रुपैयाँ सहित १ जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका(१६ शंकराचार्य गेटबाट श्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ सहित सोही महानगरपालिका(१ बस्ने ६० वर्षीय स्वामीनाथ प्रसाद साह तेलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.८ प १८७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तेलीलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस