भदौ १२, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार १७६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
हालसम्म देशभर ३६ हजार ८६६ सक्रिय सङ्क्रमित छन् । त्यस्तै आज दुई हजार २२२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार ४५२ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । आजै सङ्क्रमणबाट २७ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट १० हजार ६९० जना निधन भइसकेका छन् ।