साउन १३, काठमाडौँ । सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी प्रभुराम शर्मालाई दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा २५ साउनबाट बिदामा बस्ने भएपछि रथी शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकमार्फत सरकारले सोही दिनबाट लागू हुने गरी शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको हो । कानुन मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ । प्रधानसेनापति थापाको कार्यकाल २४ भदौसम्म छ । त्यसपछि शर्माले ४४ औँ प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व गर्ने छन् ।