• २०८३ असार १७ गते बुधवार

मदन जननेता मात्र होइनन् शताब्दी नायक पनि हुन् : प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १४, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी जननेता मात्रै नभएर शताब्दी नायक समेत भएको बताएका छन् । ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भण्डारीमा लोकतान्त्रिक शक्तिलाई एकीकृत गरेर अघि बढाउन सक्ने क्षमताको समेत रहेको बताएका हुन् ।

उनले भने, ‘मदन भण्डारी जननेता मात्रै होइन, उहाँ शताब्दी नायक पनि हो, ‘मदन भण्डारीका चिन्तन निश्कृय शुभकामना मात्रै होइनन् ।’ प्रधानमन्त्री ओलीले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई लाज सरम पचेको भनेर टिप्पणी गरेका छन् । उनले भने, ‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्, नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय ।

किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुने रहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ ।’

प्रधामनमन्त्री ओलीले नेता माधकुमार नेपाल नेपाली कांग्रेसमा ‘ज्वइन’ हुन सक्ने बताएका छन् । उनले आफूले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नराख्ने जिकिर समेत गरेका छन् ।

उनले भने, “शेरबहादुर देउवाको पार्टी ज्वइन गर्न सक्छन् । पछि प्रचण्डको पार्टी एकै हुने हो । माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हो । मलाई बौलाहा कुकुरले टोकेको छ र ? यस्तो मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ? एक ढंगले प्रचण्डको पुछार हुन् ।”

Sharing

प्रतिक्रिया दिनुहोस