जेठ १४, राैतहट । नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा संक्रमण उच्च विन्दुमा रहेको बेला स्थानीय तहको भुमिकालाई लिएर चौतर्फी आलोचना भइरहेको बेला रौतहटको मौलापुर नगरपालिका तयारीको कार्य सराहनीय देखिएकोछ ।
कोरोनाको पहिलो लहरमा संक्रमण नियन्त्रण गर्न, क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन तथा सञ्चालन गर्न एवम् राहत वितरणलगायतका काममा सफल रहेको मौलापुर नगरपालिकाले दोस्रो चरणको सामना गर्न कोरोना परिक्षण गर्ने एन्टीजेन किट, आक्सिजन सिलिण्डर, पि.पि.ई. लगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरु सहित आइसोलेशन सञ्चालनमा ल्याएको छ । आफ्नो नगरवासीलाई नगरक्षेत्रभित्रै सबै सुविधासहित उपचार गर्न आइसोलेशन सञ्चालनको तयारी गरिएको नगर प्रमुख रीना कुमारी साहले बताइन् । स्थानीयको सहयोगका कारण अहिलेसम्म कोरोना नियन्त्रणमा रहेको भन्दै नगर प्रमुख साहले आगामी दिनको लागि पनि तयारी अवस्था रहेको बताइन् ।
ढ
“वैश्विक महामारीको रुपमा फैलिएको कोभिड-१९ को दोस्रो लहरले सृजना गरेको विकराल अवस्थालाई गम्भीरतापूर्वक लिई यसको समाना गर्न हामीले कोरोना परिक्षण गर्ने एन्टीजेन किट, लगभग सयौंको संख्यामा ४० लिटर क्षमताको आक्सिजन सिलिण्डर, पि.पि.ई. लगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरु सहित आइसोलेशन बेडहरुको समेत व्यवस्था गरी बचाऊका लागि पुर्ण तयारीमा राखेका छौँ ।” नगरप्रमुख साहले भनिन् “हालसम्म कोरोनाको कहर हाम्रो नियन्त्रणमा नै छ यसमा सहयोग पुर्याउनुभएकोमा सम्पूर्ण नगरवासीलाई धन्यवाद दिन चाहन्छु । साथै कुनै पनि किसिमको अनावश्यक भय वा चिन्ता नलिई आवश्यक स्वास्थ्य सतर्कता सहित लकडाउनको पुर्ण पालना गरी सहयोग गर्न सबैमा विशेष अपिल गर्दछु ।
पहिलो चरणमा कोरोनाको हटस्पट बनेको रौतहट जिल्लामा मौलापुर नगरपालिकाले कुशलता देखाइ कोरोना नियन्त्रणमा सफल रहेको थियो । अहिले दोस्रो चरणमा पुन: रौतहटमा कोरोनाको दर बढीरहेको बेला नगरपालिकाले सुविधासम्पन्न आइसोलेशन सञ्चालनमा ल्याएको हो ।