• २०८३ बैशाख ४ गते शुक्रवार

पत्रकार डाँगीको चरित्र हत्या गरियो : प्रेस चौतारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४,रोल्पा । अक्सिजन सिलिण्डर वितरणको विषयलाई लिएर पत्रकार काशीराम डाँगीमाथि सामाजिक सञ्जालमा चरित्र हत्या गरेको भन्दै प्रेस चौतारी नेपाल रोल्पाले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक सभापती एंव कान्तिपुर दैनिकमा कार्यरत डाँगीलाई सामाजिक सञ्जाल मार्फत् पूर्व मन्त्री वर्षमान पुनले चरित्र हत्या गरेको भन्दै नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल रोल्पाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जिल्ला अध्यक्ष जीवन डाँगी द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ ।

‘अक्सिजन सिलिण्डर बिक्रि–बितरण’ गरेको विषयलाई लिएर पूर्वमन्त्री तथा माओवादी नेता पुनले पत्रकार डाँगीको चरित्र हत्या गरेको विषयले प्रेस चौतारी नेपाल जिल्ला शाखा रोल्पालाई गम्भीर बनाएको छ, विज्ञप्तिमा भनिएको छ । पूर्वमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट समाजिक सञ्जालमा अमर्यादित व्यवहार हुनु दुःखद् भएको समते जनाएको छ ।

पत्रकार डाँगीको चरित्र हत्या गर्ने पक्षमाथि कारबाहीका लागि दवाव सिर्जना गर्न नागरिक समाज, मानवअधिकारकर्मी लगायत सबैमा अपील गर्दछौँ विज्ञप्तिमा भनीएको छ ।

हेर्नुहाेस विज्ञप्ति :

Sharing

प्रतिक्रिया दिनुहोस