जेठ १४, मोरङ । मोरङको कानेपोखरीमा ट्याक्टरले ठक्कर दिँदा बिहीबारसाँझ मोटरसाइकल चालक एक युवाको मृत्यु भएको छ । को २ त ९८५८ नम्बरको ट्याक्टरले को ३२ प ३७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
कानेपोखरी–रंगेली सडक खण्डमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा साँझ ७ः३० बजेतिर मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्याक्टरले कानेपोखरी–५ शान्ति चोकमा साँझ ६ बजेतिर सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि ट्याक्टर र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
https://khabar24nepal.com/05/28/2021/72752