• २०८३ बैशाख २५ गते शुक्रवार

भन्सार छलेर भारतबाट ल्याइएको ३९१ बोरा डिएपी मल बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, काठमाडौं । कञ्चनपुर प्रहरीले भारतबाट चोरी तस्करी गरी लुकाइछिपाइ ल्याएको मलखाद बरामद गरेको छ। बिहीबार दिउँसो प्रहरीले बेदकोट नगरपालिका(७ झस्पुरका चक्र फार्सवानको घरबाट ३९१ बोरा डिएपी मल बरामद गरेको हो।

कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार बरामद गरिएको मलको मूल्य ७ लाख ८२ हजार रुपैयाँ रहेको छ। बरामद मल गड्डाचौकी भन्सार कार्यालय बुझाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस