बैशाख १५, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा कोरोना भाइरसका चार हजार ७७४ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ६९९ पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७७३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९५५ जनाको एन्टीजेन परीषण गरिएको छ । जसमध्ये १२३ मा पोजिटिभ पाइएको छ ।