• २०८३ साउन २८ गते बिहिवार

गण्डकी प्रदेश सांसद पहारीलाई कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, काठमाडौं । नेकपा एमालेका युवा नेता तथा युवा संघ नेपालका पुर्व अध्यक्ष राजिव पहारीलाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले आफुलाई कोरोना संक्रमण भएको जनाउनु भएको हो ।

गण्डकी प्रदेश सभामा गरिएको स्वाव संकलनमा उहामा कोरोना देखिएको हो । उहाले आफुलाई कोरोना पोजेटिभ देखिएकाले आफुसँग सम्पर्कमा रहेका सबैलाई साबधान रहन अनुरोध गर्नु भएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ “हिजाे  गण्डकी प्रदेश सभामा गरिएकाे स्वाव परीक्षणबाट ममा कोभिड-१९ पोजेटिभ देखिएको छ । सामान्य लक्षणसहित घरमै बसेको छु । यसबीचमा मेरो सम्पर्कमा आउनुभएका महानुभावहरूलाई शीघ्र परीक्षण गराउन र आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछु ।”

Sharing

प्रतिक्रिया दिनुहोस