• २०८३ बैशाख ८ गते मङ्गलवार

प्रतिबन्धित नेकपा विप्लव समूहसँग चाँडै वार्ता गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेकपा विप्लव समूहसँग चाँडै वार्ता गर्ने बताएका छन् । आज झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुलाई खुशीको खवर छ ।

अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ’, ‘तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ । प्रधानमन्त्री ओलीले ५ बर्षभित्र नेपाल विकासशील राष्ट्रको सूचीमा पर्ने पनि बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस