आँखा भरी गाजल लगाई परी बनी तिमी आउँदा
मधुर मुस्कान मिसाएर एक फेर गीत गाउँदा।
आभाष हुन्छ मिलनको मन फुर्कीएर नाच्छ
चञ्चल भई मन हाँस्छ एकपल मात्रै तिमी पाउँदा,
आँखा भरी गाजल लगाई परी बनी तिमी आउँदा
मधुर मुस्कान मिसाएर एक फेर गीत गाउँदा।
ब्यथा सारा सेलाएर मुटु तिमीलाई छुन खोज्छ
नतांशमा मृगनयन लजाएर झिम्क्याउँदा,
आँखा भरी गाजल लगाई परी बनी तिमी आउँदा
मधुर मुस्कान मिसाएर एक फेर गीत गाउँदा।
संगालिँदै पीरति प्रेमपत्र तिमीलाई लेख्छ
खोलि सबैमनका कथा तिमी माझ गुनगुनाउँदा,
आँखा भरी गाजल लगाई परी बनी तिमी आउँदा
मधुर मुस्कान मिसाएर एक फेर गीत गाउँदा।
सुन्दरताकी धनी तिमी जून तिमीसँग हार्छ
निन्दरीमा आँखा चिम्ली तिमिले बर्बराउँदा,
आँखा भरी गाजल लगाई परी बनी तिमी आउँदा
मधुर मुस्कान मिसाएर एक फेर गीत गाउँदा।
माया तिमी “प्रियतम”तिम्रो लागि अधर हाँस्छ
पीरतिको प्याला बोकी तिम्ले हात समाउँदा,
आँखा भरी गाजल लगाई परी बनी तिमी आउँदा
मधुर मुस्कान मिसाएर एक फेर गीत गाउँदा।