जेठ ३१, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने गण्डकी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १२२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना, कोशी प्रदेशमा २५ जना घाइते भएका छन् भने काठमाडौँमा १७ जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा १३ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ६ जना घाइते भएका छन् । त्यसैगरी कर्णाली प्रदेशमा २६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
