कात्तिक १०, रियो दि जेनेरियो । ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनारोलाई अपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको विषयमा सिनेटले तयार गरेको एक प्रतिवेदनका आधारमा संसदीय समितिले राष्ट्रपतिबिरुद्ध मुद्दा लगाउन सुझाव दिएको हो ।

FILE PHOTO: Brazil’s President Jair Bolsonaro looks on during a ceremony at the Planalto Palace, in Brasilia, Brazil September 14, 2021. REUTERS/Adriano Machado
ब्राजिलमा कोभिडका कारण ६ लाख जनाको मृत्यु भइसकेको छ । समितिले आफ्नो प्रतिवेदन महान्यायाधिवक्तालाई बुझाउने छ । प्रतिवेदनमा राष्ट्रपतिले महामारीको समयमा १३ गम्भीर अपराध गरेको आरोप लगाएको छ । ६ महिना लामो अध्ययनपछि तयार पारिएको १२ सय पेज लामो प्रतिवेदनमा बोल्सोनारोमाथि बिभिन्न १३ ओटा आरोप लगाइएको छ । राष्ट्रपतिले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन् ।