• २०८३ जेष्ठ ६ गते बुधवार

महासङ्घका र आइएलओका निर्देशकबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

असोज ११, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनको यहाँस्थित नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले आज छलफल गर्नुभएको छ । महासङ्घ सचिवालयमा आज भएको भेटकामा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भयो ।

उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवद्र्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनलगायत विषयमा सहकार्य गरिने विषयमा कुराकानी भएको थियो । छलफलका क्रममा महासङ्घका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइसोलेशनलगायत सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

उहँंले महासङ्घले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिबद्ध रहेको र सामाजिक सुरक्षाको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड युनियनसँग छलफल गर्न तयार रहेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस