• २०८३ बैशाख ७ गते सोमवार

गौवध गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, बझाङ । प्रहरीले गौवध गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । गौवध गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिका(६ राजकोट बस्ने २८ वर्षीय जनक आग्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने बल बहादुर सार्कीको गोठबाट गाई लगि सोही गाउँपालिका(५ स्थित छात्रबास फलामे पुलमा लगि काठको चिर्पटले हिर्काई गौवध गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट पाटादेवल बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस