• २०८३ बैशाख २९ गते मङ्गलवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, काठमाडौं । प्रहरीले १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने माछापुच्छ्रे गाउँपालिका-२५ नयाँगाउँ घर भएका ३२ वर्षीय हर्क बहादुर बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बिकले ती किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर करणी सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस्तै झापा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका(१० गोरुहट्टी बस्ने भारत मधुवनी थाना बासोपट्टीग्राम मडिया घर भएका २२ वर्षीय सुरेन्द्र सहनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेन्द्रले ती बालिकालाई ललाई फकाई डरत्रास देखाई पटक(पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस