• २०८३ बैशाख २३ गते बुधवार

सामान्य विवादमा सांघातिक आक्रमण गर्दा एक गम्भिर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, झापा । दमक वार्ड नं. ४ ताराबारी, प्रतिमा टोल निवासी अग्नि प्रसाद उप्रेतीलाई आज दिउँसो छिमेकीद्वारा उहाँको घर भित्र पसि सांघातिक आक्रमण गर्दा उहाँ गम्भिर घाइते हुनुभएको छ। छिमेकीसगँको सामान्य विवाद हुदैमा, घरमा बुढाबुढी मात्र भएको मौका छोपी ज्यान मार्ने उद्देश्यले सामुहिक आक्रमण गर्दा उप्रेती घाइते हुनुभएको हो ।

उप्रेतीले छिमेकी किरण विमली उनकी आमा विमला विमली र उनका एक नातेदार विरुद्ध आजै इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिनु भएको छ । उहाँले सामान्य विवादमा गम्भिर घाइते बनाउने गरि कुटेकाे तथा आफ्नाे घरकाे वाल समेत ताेडफाेड गरेकाे र परिवारकाे शान्ती सुरक्षाका लागि प्रहरीमा उजुरी दिनुभएकाे छ ।

No description available.

“छिमेकीसगँको सामान्य विवाद हुदैमा, घरमा बुढाबुढी मात्र भएको मौका छोपी ज्यान मार्ने उद्देश्यले सामुहिक आक्रमण गर्नु आफैमा निन्दनीय र जघन्य अपराध हो” एक स्थानियले बताए । उप्रेतीको अहिले उपचार भइराखेको छ । “आज भएको यो ज्यानमार्ने हमलाको जति भर्त्सना गरे पनि कमै हुन्छ । कानूनी राज्य भएको देशमा अझैपनि यस्ता दादागिरी गर्नेहरू खुलेयाम हिँड्छन् यिनीहरुलाई कडाभन्दा कडा कारवाही गरियोस्” दिपेन्द्र पौडेलले उहाँको घाइते अवस्थाको फोटोसहित फेसबुकमा लेख्नु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस