• २०८३ जेष्ठ ९ गते शनिवार

कोरोनाबाट हिलिहाङ गाउँपालिकाका वडाध्यक्षको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई विहीबार बिहान चिकित्सकले मृत घोषित गरेको हो ।

शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस