• २०८३ जेष्ठ ४ गते सोमवार

सञ्जय दत्तले पाए युएईको गोल्डेन भिषा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, मुम्बई । बलिउड अभिनेता संजयदत्त युएईको गोल्डेन भिषा प्राप्त गरेका छन् । गोल्डेन भिषा लामो समय बस्न दिइने अनुमति हो । जसको सुरुवात २०१९ मा दुवईको प्रशासकले गरेका थिए ।

भिषा प्राप्त गरेको खुसी शेयर गर्दै संजयले युएई सरकारलाई धन्यवाद पनि दिएका छन् । १० वर्ष अवधि रहने यसको मुख्य उद्देश्य प्रतिभाशाली व्यक्तिलाई गल्फ राष्ट्रमा राख्नु रहेको छ । यो भिषा विशेष गरेर पीएचडी होल्डर, डाक्टर, इन्जिनियर्स लगायतलाई दिने गरिन्छ । बलिउड फिल्म उद्योगबाट यो भिषा प्राप्त गर्ने अभिनेता दत्त पहिलो ब्यक्ति हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस