जेठ १३, काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले थप गरिएको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन्। उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आज एक सार्वजनिक सुचना जारी गर्दै खाद्यान्न वस्तु खरिद गर्ने नाममा खाद्य, किराना र डिपार्टमेन्टल स्टोरहरुमा भिडभाड हुने, सामाजिक दूरी कायम नगर्ने र संक्रमणको जोखिम बढ्दै जाने व्यापक जनगुनासो आईरहेकोले निषेधाज्ञा कडा पारिएको जनाएको छ ।
प्रशासनले खाद्यान्न पसलहरूमा भीड बढेको भन्दै एक हप्ता खोल्न नदिने निर्णयको चौतर्फी आलोचना भई यो अवधिमा खाद्यान्न किन्न परे के गर्ने भन्ने प्रश्न उठेपछि काठमाडौं जिल्ला प्रशासनले केही नम्बरहरू उपलब्ध गराएको छ। उपत्यकाका जिल्ला प्रशासन कार्यालयले कतै खाद्यान्न वस्तुको अभाव भई खरिद गर्नु पर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट मोबाइल गाडी मार्फत स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न खरिद विक्रिको व्यवस्था मिलाइएको हुँदा सो सम्बन्धमा थप जानकारी आवश्यक भएमा र खाद्यान्न सम्बन्धी जुनसुकै समस्या भएमा निम्नानुसारका सम्पर्क व्यक्तिहरुसँग सम्पर्क गर्नु हुन सबैमा अनुरोध छ ।
प्रशासनले दिएका नम्बरहरू
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द- ९८५१३२०३१४
विभागीय प्रमुख भिमबहादुर थापा- ९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा- ९८५११२७८८
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ- ९८५१०२२५६४
नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी- ९८५१०३३३०३
विभागीय प्रमुख सबल रिजाल- ९८५१११३६६०
अधिकृत प्रज्वल प्रधान-९८४१३३२९९०, ९८१३२७२५६३
