जेठ १३, धनुषा । जनकपुर उपमहानगरपालिका-११ बस्ने रामजतन मण्डलको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय राम सोगारथ यादव लगायत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८१ हजार ५ सय रुपैयाँ र तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।