बैशाख १४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख सात हजार ९२५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हाल २६ हजार २२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५५५ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । कोरोना सङ्क्रमणले नेपालमा हालसम्म तीन हजार १९४ जनाको मृत्यु भएको हो ।